खोपडी र बाटाहरु… (कविता) - परिहास

March 21st, 2008

खोपडी र बाटाहरु…

- परिहास
यिनै खोपडीहरुले खन्छन्
मान्छेका बुझाईका हरेक बाटाहरु
नआत्तिनु, नडराउनु रे
समस्या संग । -को समाधानले
अर्को समस्या निम्त्याउँछ
के समाधान भन्नु -
कि त बद्लिनु पर्छ समाधानको अर्थ शब्दकोषमा अब ।
कुरा उल्टै मात्र
पानी चाहिं पो बग्छ त
खोलै खोला
माथी-नेर ढुङ्गा पल्टाउँदा
पखेरा खोई त लडेको -
के बिश्वास गर्नु के नगर्नु
के पत्याउनु के नपत्याउनु
हरेक समस्याको समाधान हुन्छ - सर्वमान्य
खोला बग्छ - सर्वसत्य
पहिले पृथ्बी चेप्टो थियो - पत्याए
अहिले गोलो छ - हामी गुर्डाईरहेछौं
अब को आकार कस्तो -
कि त
पृथ्बी - बिज्ञानमा पढेको अमिवा
अबको अर्को बिश्व युद्धपछि मान्छेहरु
बचे भने - बाँचेकाहरुले
आफैंले फ्याँकेका बिकारका बस्तु शुद्धिकरण पश्चात
बेशी वा धेरै बुद्धिले ‘गु’ ख्वाउँछ - उक्तिको दिन् भेट्ने छन्
वा व्यवहारमा लागु ।।

Popularity: 24%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. bhuwaneshor sharma  |  March 22nd, 2008 at 1:06 pm

    Dear Parihash,

    Your poem touched me. I am really impressed. You have written so beautifully.

    Bhuwaneshor sharma
    INLS Australia

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts