यात्रा निरन्तर .. (कविता) - मोती चाम्लीङ

April 19th, 2008

यात्रा निरन्तर ..
- मोती चाम्लीङ
अविश्वाससंग डराउनै पर्छ संगी
विश्वास निरिह खुनी रगतमा
षडयन्त्रसंग भाग्नै पर्छ जंगी
भरोसा विहीन मध्य रातमा
भीषण समरको पूर्व संघारमा
क्रान्तिकारी हो अमृतमा नभूल
दुधको गुनिलो मानक स्वादमा
बिषाक्त मिश्रणको मोहमा नझुल
अन्तिम युद्धको उषासंगै
अन्तिम बिजयको आशा राख
खुनी फिरन्ते धोकेवाजसंगै
सतर्क हमेशा आंखामा जाग
खुनी दुष्मनको अट्टहास खित्का
कान खोलेर दिलले सुन
लम्बेतान धराप पासो थापिएका
आंखा खालेर विवेकले गुन
प्रभात हुन नपाउदैं चुंडी जाला
शहिदहरुका महान ती सपना
चोरको जमातमा चण्डाल घुस्ला
मिचेर जनका कोमल चाहना
उत्तर र दक्षिण कहिले मिल्ला ?
पूर्व र पश्चिम जतिकै फरक छन्
दिन र रात एकसाथ होला ?
धन र ऋण उत्तिकै फरक छन्
थाकेर भारी नबिसाउं बसेर
मन मन्दिर अव टाढा छैन
अभियान तेजको ताज पहिरेर
अधुरो यात्राको सार छैन

हङकङ

Popularity: 23%

Entry Filed under: कविता

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Rosy  |  September 13th, 2008 at 1:16 am

    Yatra ma lamki rahanu bhayeka mitra,
    Mitho kabita lekhnu bhayeko rahechha, ajhai pagarti gardai janu hos bhani kamana gardachhu, thanks
    Rosy

  • 2. sunita  |  September 24th, 2008 at 12:56 pm

    namaste… moti dai ko poem malai sarai man parchha .. kabita sunaune kala pani sarai nai suhaudo ra sunna sarai aanaanda aauchha…

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in April, 2008

Most Popular Posts