नयाँ बर्ष २०६५लाई खबर.. ? (कविता) - जीवन मुकारुङ

April 19th, 2008

नयाँ बर्ष २०६५लाई खबर.. ?
- जीवन मुकारुङ

नयाँ बर्ष तिमी .. ???
एक थोपा पानी भएर आउने कि ?
हजार थुङ्गा फूल
एक थोपा पसिना भएर आउने कि?
हजार फाल्शा खुन
अलिनो मनहरुमा नुन भएर आउने कि?
सिंहदरवारको जून।
तिम्रो खातिर …..
रातो रातो, निलो निलो, बोलिरहेका
लेकाली रानी चरीहरु
कालो कालो, गहिरो गहिरो, भोगि रहेका
तराइमा बट्टाईका चल्लाहरु
हरियो हरियो, सेतो सेतो, खोजिरहेका
चिल्लो पजेरो चढने, जागिरेहरु।
तिम्रो आगमनमा …
सबै सबै तयार छन्
तयार छन, सुनाखरी लालिगुराँस ।
तयार छन,डाँफे र मुनाल ।
सम्भवत …
तिम्रो लागि सबै सबै नौलो हुनेछ
किन कि …?
उहिले जस्तो रोल्पामा मान्छे ढल्ने छैनन्
परार जस्तो तुसारोले घाऊ धुने छैनन्
पोर जस्तो पहाडमा गुराँस रुने छैनन्
अस्ति जस्तो सडकमा टायर् बल्ने छैनन्
हिजो जस्तो सिम्मा ठूलेहरु अब गल्ने छैनन्
सबै सबै नौलो हुनेछ ..|
तिमी छिर्ने बाटोका कसिङ्गर अब हुने छैन
जिन्दाबाद मुर्दाबादका पम्प्लेट अब हुने छैन
हुने छ …?
संबिधान सभाको चुनाव सकिएको ब्यानर
देखिनेछन् लाखौ खुशीका छालहरु
अनि ..?
बतास भएर शहीदहरु बोल्नेछन्
हाम्रो दृष्यहरुमा राप थपिएको छ
हाम्रो मांशपेशिहरुमा ताप थपिएको छ।
बतासले ..?
सेतो मलेवाहरु छोड्नेछ
कोही तराइतिर पस्ने छन्
कोही पहाडतिर बस्ने छन्
कोही अख्तियार भएर डस्ने छन
तिम्रो आगमनसँगै ..?
लेकाली रानी चरीहरु स्वागत गाउँने छन
तराईमा बट्टाईका चल्लाहरु अधिकार बाल्ने छन्
चिल्लो पजेरो चढ्ने जागिरेहरु के गर्छन् कुन्नि …?????
नयाँ बर्ष तिमी …?
एक थोपा पानी लिएर आउँदैछेउ कि
हजार थुङ्गा फूल
एक थोपा पसिना लिएर आउँदैछेउ कि
हजार फाल्सा खुन
अलिनो मन हरुमा नुन लिएर आउँदैछेउ कि
शिंहदरवारको जून ???

सिङ्गापुर

Popularity: 24%

Entry Filed under: कविता

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. shiva kumar rai  |  May 2nd, 2008 at 4:51 am

    thanks, for newyear poem. one of the best poem i hahe read.welldone and keep it on probably u will be best of the best one day. from kiati shiva west London.

  • 2. bhawaani  |  July 10th, 2008 at 9:41 am

    jiwan ji….tapaaikaa dherai geet suneko chhu, malaai auodhi man parchha , ahile poem pani padhe raamro laageu, tapaaiko lekhan saileemaa baastaviktaa jhalkeko bhetinchha pheri pheri yestai naayaa geet ani kabitaa haru sunna, ra padhana paau pragatiko laagi shubhakaamanaa………bhawaani

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in April, 2008

Most Popular Posts