नो ! न्यू ईयर… (कविता) - भोला बिक्रम राई

April 20th, 2008

नो ! न्यू ईयर…
- भोला बिक्रम राई

मान्छेहरु
नयाँ वर्षमा
रमाईरहेको छन्
गाईरहेको छन्
भोज गरिरहेको छन्
अनि एक आपसमा भनिरहेको छन् ह्याप्पी न्यू ईयर
तर मैले यो नयाँ वर्षमा
कुनै गीत गाईन खुशीको
कुनै भोज गरिन स्वागतको
र कसैलाई दिईन शुभकामना पनि
किनभने
यो नयाँ वर्षले
मेरो गाउँ वस्तिमा
रोक, भोक र गरिवीको डढेलो फैल्याउनेछ
कमिशन, घुसखोरी र भ्रष्टाचारको वीज रोप्नेछ
र आफ्नै मातृत्वलाई वलत्कार गर्ने छोराहरु जन्माउनेछ
यो नयाँ वर्षले
हत्या, हिंसा र आतंकको आगो फैल्याउनेछ
र आफ्नै घर आंगनलाई असुरक्षित पार्नेछ
कहले निर्दोषको टाउकोमा ग्रिनेड् र सकेट वम भएर पट्कनेछ
कहिले प्रेसरकुकुर वम भएर बिस्फोस्ट हुदै
आफ्नै वास बस्ने घरलाई ध्वंस्त पार्नेछ
कहिले एसएलआर, एम १६ र ए के ४७ को बुलेट भएर निस्कदै
आफ्नै निर्दोष दाजुभाईको छाती छिड्नेछ
कहिले मधेश भएर जल्नेछ
कहिले पहाड भएर भत्कनेछ
र कहिले हिमाल भएर ढल्नेछ
र विश्व मानचित्रमा मेरो प्यारो मातृभूमिलाई
धुजा धुजा पारेर च्यात्नेछ
त्यसैले मैले यो नयाँ वर्षमा
कुनै गीत गाईंन खुशीको
कुनै भोज गरिन स्वागतको
र कसैलाई दिईन शुभकामना पनि ….।

खोटङ्, बुईपा १
हाल: अफ्गानिस्तान, काबुल

Popularity: 24%

Entry Filed under: कविता

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Raj kumar CTC  |  April 23rd, 2008 at 11:15 am

    Ok Thanks bro but why you forget your M4 ok. Please you don’t forget your personel weapon M4 ok. HEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEE Heeeeeeeeeeeeeeeeeeeeeeeeee ok nice . take care

  • 2. Chudamani Gautam  |  April 23rd, 2008 at 11:19 am

    Excellent your nice Article so that I am too much happy. But I am worry about M4 because you forget your Personel weapon ok. I think at the future you join your M4 also ok. now take care. bye

    Congratulatiion Bhanja, I am happy of your Poem ok. thanks bye
    Gyan- Gurkha lead ( Dyncorp)

  • 3. Rai Madan  |  May 28th, 2008 at 1:51 pm

    Namaste…!! Bhola Bikram dai,
    Dai …yahan tapainko rachana haru samaya samaya ma padhna paunda khusi lagekochha, Tapainle ta malai abasya chinnu hunna nai tara ma tapainlai ramrai chinchhu….because I cant forget The “BUIPA”. Dai aber nai bhyapani HAPPY NEW YEAR ta bhanna man thiyo tara tapainko yo kabita padhera………..
    ha ha ha …….!!!!!t

    Madan rai
    Gurkha Contingent
    singapore-367828

  • 4. KHUSHI RAI  |  June 9th, 2008 at 8:04 pm

    Namaste hajur ko poem ramro6. kasailai yo poem le asar garyo hola hai? dukhi bannu hudaina. man6e ko jiwan ma dherai apthayaro ani dukha haru hun6n astai ho.
    hajur ko ramro ramro kabita haru herna pau hawasta
    namaste
    khushi
    ktm

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in April, 2008

Most Popular Posts