राजाले पनि चुनाउ लड्नुपर्छ … (कविता) - होमनाथ सुवेदी

April 20th, 2008

राजाले पनि चुनाउ लड्नुपर्छ …
- होमनाथ सुवेदी

सरकारमा जान आज
राजाले पनि चुनाउ लड्नुपर्छ ।
पुरस्कार पाउन आज
सार्वजनिक संस्थाका संस्थापकहरुले पनि
प्रतियोगितामा भाग लिनुपर्छ ।
ए मेरा दुश्मनहरु हो !
राजालाई तेरो देश तँ आफै समाल भन्नेहरु हो !
संस्थापकलाई तिम्रो संस्था तिमी आफै चलाऊ भन्नेहरु हो !
एकपटक तिम्रो कान छामेर त हेर,
तिम्रो अधिकार तिमी आफै खाल्टामा हाल्नेहरु हो !
नागरिक अधिकार छाडेर राजाको भर पर्नेहरु हो !
सामाजिक संस्थाको सदस्य न बनेर बन्नेलाई भड्काउनेहरु हो !
एकबार आँखा खोलेर त हेर,
न गर्ने, न गर्न दिने ‘अरेगेन्ट’हरु हो !
दिएको अधिकार पनि नलिनेहरु हो !
एकबार आँखा खोलेर हेर
संस्थाको नियम न पढ्नेहरु हो !
आज किन रोइरहेका छौ ?
रिसले टाउको फुटाउनेहरु हो !
चुनाउको मैदानमा आउन तर्सिनेहरु हो !
आज टाउको किन फोरिरहेछौ -
प्रतियोगिताको कठघरामा तेर्सिन डराउनेहरु हो !
स्वतन्त्र निर्वाचन आयोगबाट किन तर्सिरहेछौ ?
स्वतन्त्र न्यायपालिकाको फैसलाबाट किन भागिरहेछौ ?
‘स्वतन्त्र एवार्ड कमिटी र गोप्य निर्णायक मण्डली हुन् ।
उनको अन्तिम निर्णय मान्न किन छेरिरहेछौ ?’
सरकारमा जान आज
राजाले पनि चुनाउ लड्नुपर्छ ।
पुरस्कार पाउन आज
सार्वजनिक संस्थाका संस्थापकले पनि
प्रतियोगितामा भाग लिनुपर्छ ।
ए संस्थाका कुरा काट्नेहरु हो !
तिमीले सदस्य पनि बनेर बोल्न सक्नुपर्छ,
लोकतन्त्रको पनि एक ‘प्रोटोकल’ हुन्छ,
निर्वाचित ‘अथोरिटी’को निर्णयलाई मान्न सिक्नुपर्छ ।
सरकारमा जान आज
राजाले पनि चुनाउ लड्नुपर्छ ।
पुरस्कार पाउन आज
सार्वजनिक संस्थाका संस्थापकहरुले पनि
प्रतियोगितामा भाग लिनुपर्छ ।
दक्षिणा पाउन आज
बाहुनले पनि हलो जोत्नुपर्छ,
सरकारमा जान आज
राजाले पनि चुनाउ लड्नुपर्छ ।


वुडब्रिज, भर्जिनिया
१०/१६/००७

Popularity: 25%

Entry Filed under: कविता

6 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Justice kumar  |  April 20th, 2008 at 10:19 pm

    Yes raja has to win the vote of the public to be the next prime minister or president of Nepal and stop commenting the general public becoming a true supporter of Raja if he was true professional and had loved his country and his people I think the Nepali Junta would have died for him and his clan but nobody you can find in support of him and his clan. Your title of the poem RAJA LE PANI CHUNAU LADNU PARCHA” sounds fair and justifiable but the rest you have put inside it is rubbish learn to live with the facts Mr Subedi.

  • 2. Deepak Bista  |  April 22nd, 2008 at 6:34 pm

    Nice poem.

  • 3. Gole Dai  |  April 23rd, 2008 at 2:53 pm

    आँखा चिम्लेर भक्ती गीत गाउनेहरु
    मोहोर बोकी दक्षिण ढोका धाउनेहरु
    सबैले देखिसके कसैले केहि भन्नै पर्दैन
    चुनाव लडे भने राजाको मत गन्नै पर्दैन

  • 4. naresh rai  |  April 24th, 2008 at 1:26 am

    vok lagdaa kuraa auchhaa vaat rakhhhajjaa ko.
    sangit metho hunchha vareity cohrous rabaajjako.
    kuraa garnu vaako rahechha janata ra raajaa ko.
    sarei ramro words tapei ko hejoo vanda ajako.

    keep going with it and thanks again from me naresh mangpahang rai panchther now uk bata.

  • 5. pagal  |  April 27th, 2008 at 1:18 am

    gole dai thanks

  • 6. L.Manoj  |  May 1st, 2008 at 11:18 pm

    gole ko gana gajjap lago.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in April, 2008

Most Popular Posts