प्रभात प्रवासको ..(कविता) -ईश्वर चाम्लीङ्ग

May 5th, 2008

प्रभात प्रवासको …
- ईश्वर चाम्लीङ्ग
प्रभात प्रवासको
म प्रभात प्रवासको
म आकाश प्रवासको
म हावा, घामजून, धर्ती र सागर प्रवासको
स्वभाविकता-अस्वभाविकता
सहज-असहज
धेरै-थोरै
दुख-सुख…..
म प्रभात प्रवासको
म आकाश प्रवासको
चमचम चम्किन्दै जुनेली रात म गुज्रन चाहन्छु।
रात छिचोलेर मिरमिरे बिहानी म उदाउन चाहन्छु।
कस्ले रोक्न चाहन्छ मलाई,
म चमक खोज्न जादैछु।
किन रोक्ने र मलाई,
म कान्ति बाड्न चाहन्छु।
म प्रभात प्रवासको
म आकाश प्रवासको।
म हावा हुँ प्रवासको, रोक्न सक्दैन्न मलाई कसैले।
म र्सवत्र छु, अविरल उडिरहन्छु।
म उड्दै-उड्दै दुनियाको कुना-कुना पुग्दछु।
साउती मार्दै हिड्दछु।
गीत गाउदै हिड्दछु
प्रवासी गीतहरु,
प्रवासी कहरहरु,
रहरहरु र सारा सपनाहरु।
सुन्ने कोशिस गरन मलाई
बुझ्ने कोशिस गरन मलाई
म प्रभात प्रवासको
म आकाश प्रवासको

सर्नक्लिफ

Popularity: 23%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Bis  |  June 8th, 2008 at 5:47 am

    weldone!

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

February 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728  

Most Recent Posts

Most Popular in May, 2008

Most Popular Posts