गुनासो पोख्दछन् रातहरु… (कविता) - नगेन्द्र ईङनाम (आठराईली)

May 5th, 2008

गुनासो पोख्दछन् रातहरु…
- नगेन्द्र ईङनाम (आठराईली)

चैत बैशाखको हुरी बतासले
सुकेका पत्करहरुसंग संगै
पैयुँ र चाँपका फूलहरु सोहोर्दै
आरुका फूलका स्मृतिहरु
पुन: दोहोर् याएर ल्याई दंदा
रातभरी कविता लेख्ने कविले
रातकि ‘चाँदनी’ र ‘तारा’
कहिले ‘भावना’ र ‘तृप्ति’
कतै ‘मिलन’ र ‘सम्झना’
कहिले सोझो ‘प्रकृति’ लाई
अनि आफ्ना ‘आशा’ हरुलाई
पात्र बनाएर लेखेको देख्दा
गुनासो पोख्दछन्
‘ला’ लामा लामा
‘रा’ रातहरु
किन कविताका पात्र हुन सक्तैनन ?

लगातार मुनामदन लेखने ( लेख्ने )
लक्ष्मी प्रसादहरुका कल्पनाहरु
चोमोलुङमाको चुचुरोमा पुग्छन्
फेवातालको गहिराईमा डुब्छन्
यात्रा मार्गमा अघि बढ्दा बढ्दै
बन्दिपुरको घुम्ति बाटोबाट
ढल्केबरको सितल छहारी हुंदै
मेन्जो सेन्जो थाङबेन माइलासँग
साँघुरी र बुढा सुब्बासम्म पुग्छन्
सुभाज्यूसँग गन्थन सक्दा नसक्दै
दिन बितेर रातको पालो आउँछ
मनको बस्तीमा बास बसेर
पुरै रात यात्रा कथाहरु लेख्छन्
तर रातका नाममा नलेखेको देखेर
गुनासो पोख्दछन्
‘ला’ लामा लामा
‘रा’ रातहरु
किन यात्रा कथाका पात्र हुन सक्तैनन ?

अरिस्टोटलले भनेका छन्
खुशि हामी आफैंमा भर पर्दछ
ब्यर्थै किन पो दुःखी हुने र
शम्भु राई आव्हानमा गुन्जन्छन्
भरोसा छँदै छैन रे जीवनको
बरु बाँचेजति बिताउँ हाँसेर
मायाँ मूल्यमा किन्न खोज्नेलाई
आत्माहीनताको पसारोमात्र हो
प्रेम कोटामा कतै पाईंदैन भन्दिनु
आन्टीहरुले सँधै भन्ने गर्छन्
जीवन ज्युनलाई हो,
जीवन रमाउनलाई हो
चित्त बुझाउनु
कालो गए गोरो आउँछ भनेर
निरन्तर अघि बढि रहन्छन् लेखाई
अनाहक हुने मृत्युहरुको आख्यानमा
डोल्माको जीवन रक्षाको आव्हानमा
छोमात्माको चीर शान्तिको कामनामा
तर छुट्दा कहानी रातहरुको
गुनासो पोख्दछन्
‘ला’ लामा लामा
‘रा’ रातहरु
किन जीवन कथाका पात्र हुन सक्तैनन् ?

Popularity: 25%

Entry Filed under: कविता

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. gelimbu  |  May 7th, 2008 at 2:48 am

    khai yo kavitale ke vanna khojeko ho koni puranai haru chha jasto po lagchha padera ta

  • 2. Saagar Rai  |  May 14th, 2008 at 8:34 am

    Brother I like the SHAMBHU Rai’s connection of this poem nice to read I enjoyed it keep it up ….. …………Saagar

  • 3. PHUPOO  |  May 30th, 2008 at 5:47 pm

    WOW PREETY MARMIK AND WONDERFUL TO SUBMITED THE WHOLE SEASONAL ITAMS GREAT JOB.

  • 4. Dil kumari budha  |  June 8th, 2008 at 5:07 pm

    wa..wa…wa..huna ta maile chineki chhaina hajurlai…yo kabita marfat chinna pauda khushi lagyo.
    Hi Nagendra dai hajurko yo kabitale kaha chhoyeko chhaina ra !!! Hajurko yo kabita padhda, yeuta Ukhan ko yaad ayo, (Bujne lai shiri khanda, Nabujne lai khurpako bhid) bhane jhai ho, bujne lai hajurko kabita le kaha chhoyeko chhaina ra? kabi dekhi liyera kalakar smma, Manabko jiwanko suruwat dekhi liyera antye samma, sukha ke ho ?dukh ke ho ? jiwanko yatrama bhaye ghateka ghatnaharu dekhi liyera Nepal Aama ko baayan haru…. Aha….. Aaha…. kati ramro kabita…. Ajhai pani yesto kabita haru lekhdai janu hone chha bhandai Badhai dina chahanchhu.
    Dil kumari budha Surkhet,hal:China

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in May, 2008

Most Popular Posts