‘पेन’कविता महोत्सवमा ..(कविता) - होमनाथ सुवेदी
July 5th, 2008
‘पेन’कविता महोत्सवमा ..
- होमनाथ सुवेदी
१
‘ताना’-'बाना’ बुनी यौटा कविता कामिनी चुनें
दुहिता कल्पनालाई सौगात ‘पेन’ले दिएँ ।
२
‘पेन’ हुँ म नुहेको छु मिसिएको सँधै म छु
जहाँ जहाँ सभा हुन्छ पुग्ने कोशश गर्दछु ।
३
‘पेन’ पुस्करको जस्तै घुम्छु यायावरै बनी
एएन्एको थियो गोष्ठी म आएँ पाठकै बनी ।
४
कविता पाठ भो धेरै पत्थरै पनि पग्लियो
महोत्सव मनाएर नेपाली पाल अग्लियो ।
५
बाल्टिमोर पसेका छौं मेरो साथ कवि पनि
कविले पहिले चोपे मेरो मुन्टो चल्यो ध्वनि ।
६
बोलेको अथवा लेख्ने वा त्यो गायन मात्र हो
लयताल मिलाएको व्यञ्जना काव्य यज्ञ हो ।
७
सुदुर पश्चिमै आई डायस्पोरा न भैकन
को छपाली कहाँ बस्थ्यो घन्कियो काव्यको धुन ।
८
छब्बिसौं वर्षभो ऐले एएन्ए पनि वृद्ध भो
नयाँ नयाँ छटा आई ठिटाको बुद्धि शुद्ध भो ।
९
नौलो नौलो थियो छोरो वात्सल्यपनले बढ्यो
अस्वीकार हिजो गर्थे आज ऊ सर्वमान्य भो ।
१०
अनेसास थियो बच्चा एएन्ए मातृ बन्दथ्यो
बिस्तारै हुन गो शत्रु आज यो भगिनी बन्यो ।
११
अस्वीकार गरेभन्दा न डराई पलाउनू
अस्वीकार भएरै नै मुक्ति-युद्ध बढाउनू ।
१२
‘पेन’ हुँ ठगिएको छु ‘युज’ गर्दछ बन्धुले
लडाईं कसरी गर्नु न लडे लान्छ सिन्धुले ।
१३
नाना नीति रंगाएर कविता वाचनै गरे
कवि भेला बढाएर छविले वन्दना गरे ।
१४
वसन्तको दियो बाली काव्य विमोचनै भयो
हेमन्त गैसक्यो भन्दा हाँसोले मुटु नै फुट्यो ।
१५
‘पेन’ हुँ कसरी लेख्नु - आफ्नै पीडा भए जति
भए पनि सबै एक गरेका छन् स्वयम् खति ।
१६
छोरानाति थिए पढ्ने कविता साधना थिई
विमोचन गराएको काव्यकी गरिमा थिई ।
१७
डायस्पोरा बनेको छ कथाको भाव-भूमि नै
मुटु हो चिरिएको छ लोकार्पण भयो यिनै ।
१८
छयासीको बुढो आयो छविको रुपमा यहाँ
खोलेर वन्धनै तोडी विमोचन भयो यहाँ ।
१९
म हुँ ‘पेन’ म हुँ पीडा म हुँ लेखक बन्धु हो !
देखेको छु सबैलाई लेखेको पूर्ण-इन्दु हो ।
२०
अश्रुधारा वहाएर मसीको बदला लिएँ
कनिकुथी पढाएको भाराको बदला दिएँ ।
२१
मेरो मन यसैमा छ ‘पेन’ हुँ सबको गुनेँ
अनाम म सदा मान्छे असीम दिलले सुनेँ ।
२२
‘पेन’ हुँ सबमा हुन्छु धुन्छु मानवता सधैँ
नेपालका सबै जाति भाषा साहित्यमा अझैं ।
२३
धन्यवाद सबैलाई उपस्थित हुनुभयो,
‘पेन’को कार्यमा यौटा अक्षुण्ण हेतु बन्नुभो ।
२४
पोखेर पेटको भार कालो अक्षर पार्छु है,
थ्याङ्क यू भन्न पाएर आभारी व्यक्त गर्छु है ।
०
वुडब्रिज, भर्जिनिया
(एएन्ए/आईएन्एल्एस् (अनेसास) कविता महोत्सव, बाल्टिमोर, जुलाई ३, २००८ मा प्रस्तुत कविता जहाँ कविका तीनवटा पुस्तक ‘चिरिएको मुटु’, ‘नवछायावादको छवि’ र ‘छयासीको छवि’ एकैदिन डा. ताना शर्मा र कथाकार मधुवन पौडेलबाट विमोचन भएका थिए)
Popularity: 26%
Entry Filed under: कविता

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. arjun | August 15th, 2008 at 10:18 pm
there are so many people doing there job
there are so many people having hug
no way to excuse no one can find out that
who is best n who is frod.
2. Chandra Gurung | September 16th, 2008 at 7:09 pm
Homnath ji, Namaskar !
Nice description of the various activities of INSL, given the form of a sweet poem.
Great !
Homnath ji, tapaei laei USA ma mero 5-6 ota kitab cargo garchu bhaneko hernus na… Kaheli ke Kaheli ke. Life is like that in Nepal…
Hope very soon I would send you my anthology of poems. Hope your add has not changed.
With regards, Chandra Gurung from Nepal
3. Bhuwan Tamang (under-ground) | December 1st, 2008 at 12:07 pm
Poet Homnath Subedi ji
I managed to read your poem, I can’t understand the meaning of poem, but I understood meaning of your poem. If I have your books of poem I can read more. If possible please send in my address or inform that where it will get in the market ?
Best regard.
Bhuwan Tamang
4. Bhuwan Tamang (under-ground) | December 1st, 2008 at 12:09 pm
Sorry Homnath Subedi ji
My address is:
Bhuwan Tamang
Galan Gaun, Budhabare - 2,
Jhapa zone, Nepal
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed