अमरत्व प्रेमको .. (कविता) - प्रतीक चाम्लिङ
July 26th, 2008
अमरत्व प्रेमको ..
- प्रतीक चाम्लिङ
अमरत्व प्रेमको
विश्वास त थिएन
तिमीले घाटीको किलकिले छोएर
खाएको कसमको
भरोसा पनि थिएन
तिमीले छाती छोएर
गरेको समर्पणको
किन कि धेरै माया गर्छन
झुठा माया लाउनेहरुले ।
तर……..
किन ?
हरेक साँझ
मनका भित्ताहरुमा
झुन्डिरहेको तिम्रा तस्विरहरु
हृवार हृवार्ती एक्लोपनको ज्वालोले जलाउछ ।
फेरि म तिम्रा झुठा कसमहरुको
कच्चा बैशाखी टेकेर
लंगडो जीवनलाई उठाउन खोज्छु
र फेरि
फाटेका मनलाई तान तुन पार्छु हृदयको शिलामा लेखिएका
हाम्रा प्रेमका कथाहरु…….
पानाहरु पल्टाउदै जान्छु
एवम् रुपले पढ्दै जान्छु
तिम्रा बाचाहरु
फेरि अधुरोमा टुङ्गिन्छ
अन्त्य नभई अन्त्य हुन्छ तिम्रा आश्वासनहरु
गर्ल्याम्मै ढल्छ तिम्रा समर्पणहरु
अनि
सक्दो घोट्छु मेटाउन
बिझ्ने प्रेमका अक्षरहरु
तर
अमेट खात भएर बसिरहन्छ
औडाह भएर भक्कानिन्छ मुटु
फेरि म गल्दै भत्किन्दै जान्छु
म मक्किन्दै ढल्दै जान्छु।
र
नचाहदा नचाहंदै मेट्न खोजिरहन्छु
बिझाइरहने तिम्रा सम्झनाहरु
भत्काउन खोजिरहन्छु
तिमीले बनाएको भावनाको पर्खालहरु
तर…………
तिम्रो समर्पण ठिङ्ग उभिन्छ फेरि
मेरो आस्था अगाडि
अनि म फेरि भत्किएका सपनाहरु मिलाउन थाल्छु
मक्किएको आस्थाका पर्खाल ठड्याउन थाल्छु ।
Popularity: 35%
Entry Filed under: कविता


6 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. yashoda | August 14th, 2008 at 3:58 pm
nice poem
2. Reshma | August 15th, 2008 at 1:33 pm
you’r poem is very very good rai bro. good luck for next poem.
3. santosh thapa | August 28th, 2008 at 8:18 pm
hiiiii kati ramro sahittek hau pratik chamling ji ko !!
4. KHUSHI RAI | September 2nd, 2008 at 6:38 pm
यस्तै प्रगती को कामना
खुशी राइ
काठमाडौं
5. jaskumar | September 18th, 2008 at 5:06 pm
prem ko muskil katha nai jeewanko naya goreto ho ? pratik sir your good poetry . with good feelings
6. krishna | September 22nd, 2008 at 3:39 pm
ramro6
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed