धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा - अशोक ‘’खलानको मान्छे'’

July 26th, 2008

धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा
- अशोक ‘’खलानको मान्छे'’

धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा
देशलाई वोक्सी लागेको छ भनी
बन्झाक्री बनी हिंडेकाहरु
नयाँ घोषणा पत्रको आव्हानमा
सयौ धामीका सभा राख्नेहरु
निर्दोषलाई बोक्सीको आरोप लगाई
उठिबास त गराए गराए
झाक्री बसेको हेर्न आत्तुर हामीहरु
जात्रे बनेका छौ , बिजोग सहेका छौ
बोक्सीको आरोपमा क्षत बिक्षत देशको अस्तित्व
पन्युले डामिएको छ खुर्सानी पोली सुंगाइएको छ
पाता कसेर लडाईं तेरो र मेरो गरिएको छ
मेरो देश लाई बोक्सी लागेको आव्हान गर्ने झाक्रीहरु
आँफै रमिते भएका छन, झाक्री हुनुको अस्तित्व लडाईंमा
म बनझाक्री धेरैले विश्वाश गरेको
त घरझाक्री थोरैले विश्वाश गरेको
उ तराईको झाक्री अर्को मध्यम बर्गिय झाक्री
झाक्री लडाईमा ज्वरो आएको देश इन्तु न चिन्तु भएको छ
देशलाई मलेरिया दिनेहरु
एडस र हेपाटाइटिश स्वीकारी रहेछन्
बोक्सी लागेको निहु बनाएर
घरका बोका र कुखुरा सकिरहेछन
धामीको आव्हानमा सडकमा रगत बगाउनेहरु
मुक दर्शक भएका छन
युगको एकदिन सुनौलो ईतिहास लेख्ने रहरमा
आफ्नो ईतिहासको बैभव गुमाई
सम्पूर्ण शून्यलाई ईतिहास लेखाउने रहरपाली
बोक्सी लागेको भन्दै
असक्षमका टिका लगाएका झाक्रीनै
अब आमालाई निर्वस्त्र गराउने योजना बनाउदै छन
बनझाक्रीको नयाँ नयाँ चटकिलो खेल सँग सँगै
घरझाक्री फस्दै छ, अब रमितेले दुहाई दिने ठाउँ छैन
दुहाई गर्न जाने ठाउमा श्रीपेच र राजदण्ड सुम्पिसके झाक्रीलाई
धामीको आव्हानमा झाक्री बसेकाहरु
सच्चा झाक्री हुन कि खाली बोका खाने
देशलाई बोक्सी लागेको धेरै भएको छैन
मात्र १८ बर्ष भयो देश बिरामी परेको छ।

जर्मनी

Popularity: 27%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. PIDHIT BARGA  |  September 13th, 2008 at 10:44 pm

    JARMANI NANI TIMILAI K BHANU HAAAAAA…! MAKAI JAISI NABAN……AARKAKO DESMA GAYEARA ……HARUWA KUKUR HAAU, HAAU VUKEJASARI…….. ! AAAA LATE JAAKRI BANJAAKRI CHHITO AAFNU DESMA AAYEARA TI SABAI NIKOPAR HAI……….!

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

September 2018
M T W T F S S
« Nov    
 12
3456789
10111213141516
17181920212223
24252627282930

Most Recent Posts

Most Popular in July, 2008

Most Popular Posts