साल्पा (कविता) - बिमल गिरी

July 26th, 2008

साल्पा …


- बिमल गिरी

सुनदरताकी प्रतीक आकाशझै सङ्लो
विशाल धरातलको भूगोल माथि
जलबायु तापमान सहेर प्रकृतिकी रानी
सृजना र सभ्यताकी रुपवती
आफ्नो बिम्ब कोर्दै
चिर निन्द्रामा निदाइ रहेकीछिन्
बादलुमा लुकिरहेछिन सुन्दरताकी रानी साल्पा,
आहा कस्तो सिङारिएकी
प्रसन्नता र शुभत्वको लक्षणता मानव मनमा
प्रेरणा जगाउने सूर्यको कोटी किरण
वायु देबले ओसारी रहेको
अनन्त शक्ति
मानव मनमा प्रसन्नको अनुभूतिको उर्जा
खोजी रहेकी साल्पा,
आहा….
कस्तो मनमोहक
सुम्निमा र पारुहान्गको
प्रेमको प्रतीक सुन्पाती भाईरुम्पाती
विश्वासका साथ कोमल छातीभरी उर्जा दिदै
दन्त्य कथामा झै नियालि रहेछिन्
साल्पा
आहा …..
आँफैमा आस्था बोकी मनै लोभाउने
सेताम्मे हिंउसंगै
शान्ति, दया, त्याग र समर्पणका
सिमा रेखा कोर्दै
भावुकतामा चुली रहेछ
टुक्रा टुक्रा धर्तिलाई
नयाँ घामसँगै
मस्तिस्कमा विश्वाश उमारी शरदका दानासंगै
चुली रहेछ सिलिचुङ् साल्पा कै समिपमा
आहा …..
घामलाई प्रेम गर्दै
हिंउको टोपीसंगै बादलुका टाकुराहरुलाई
चिमल र पत्लिङो धुपी र बुकी
चाँप र गुँरासले सुसज्जित
साल्पा,
खुसीले गद गद हुँदै
श्रद्धालु भक्तजनहरुप्रति ईच्छा
पूराहोस् भन्दै भाकल स्वीकार्न
व्यस्त छिन् स्वर्गेकी रानी
साल्पा…

चारपाने झापा
अनेसास बेल्जियम च्याप्टर


Recent Videos:

Popularity: 30%

Entry Filed under: कविता

12 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Kripa Rai  |  August 2nd, 2008 at 3:57 am

    saarai raamro kabita.dherai dherai dhanyabaad.

  • 2. kumar moktan  |  August 10th, 2008 at 5:09 pm

    Excellent ! hope your write again about SALPA POKHARI.

  • 3. हिमकला राई  |  August 14th, 2008 at 1:55 am

    -कबिता
    साल्पाको सम्झनामा
    मलाई आज एक शब्द लेखौ लाग्यो साल्पाबारे
    साल्पा जाँदा जे जे भोगे त्यसैलाई यँहा कोरे ।
    टुकु टुकु म साल्पा गाथें तेह्र बर्ष उमेरमा
    बेसार, फूल, बत्ती,अक्षता,भेटी टपरामा ।

    जंगल, झाडी जुकाको तांती बाफ्रे ! डरले आत्तीएथें
    साउने झरी ,लेकको बाटो बाफ्रे ! जाडोले बिजोग भांथे ।
    क्या स्वाद आउँथ्यो मोहिको डल्लो सेरगम खाँदा
    बेस्वाद लाग्थ्यो गन्योला खेल्ने डुंडको पानि पिउँदा ।

    कतै चौरी, कतै भन्ज्याङ उसै उसै मनै हर्ने लोभ्याउने
    कतै जंगल डरमर्दो, कतै भिर मुटु थरर कमाउने ।
    कति रमाईलो लाग्थ्यो भेडा चौरीको बथान देख्दा
    नरमाईलो लाग्थ्यो गलेको माथि छेपारी दुख्दा ।

    पानी, झरी, जुका पर्छ जीउमा टकटकाउँदा हैरान
    बिसाउनी छैन दिन भरी हिंडाइ गलेर लखतरान ।
    झरीको मौसम, लेकाली दाउरा आगो बले मर्नु
    पाक्दैन भात भेाकले प्याक्प्याक् मन हुन्थ्यो के गर्नु ।

    आइया भन्दै, कष्ट खेप्दै बल्ल साल्पा धाम पुगियो
    पूजा सकि बत्ती बाली बल्ल टपरा पोखरीमा चढाइयो ।
    वरीपरी डाँडै डाँडा बिना बारबेर माझामा छ पोखरी
    पूजा सकि पोखरी घुमाउँदा खसीयला भन्ने तरहरी ।

    छङ छङ गर्दै र्झछ पानी बग्ने ठाँउ खोज्दा देखीदैन
    पानी छ अचल काँ बाट आउँछ कतै मुहान भेटिदैन ।
    कुलो न मुहान पोखरी देख्दा सब्लाई आश्चार्य लाग्छ
    त्यंहा भन्दा उभो पहाड छैन बिद्वान पनि छक्क पर्छ ।

    बर्षाको याम म सानी देख्दा शर्ेर्पेनी आमा छक्क पर्नु भो
    बर्षा याम मा हैन ए सानी नानी ! बैशाखमा आउनु भन्नु भो ।
    बैशाखमा दर्शनार्थी, धामी, झयाक्री, लस्कर लाग्छन् ।
    ढ्यांग्रो ठोग्दै, सै सै भन्दै सबै नाच्छन्, गाउँछन् ।

    बैशाखमा चिमल, गुँरास फूल्छ बनै भरी ढकमक
    हुलका हुल दर्शनार्थी हिँड्छन् फूल टिपी टपटप ।
    चौरी, भन्ज्याङ, बन पाखा झल्मल् लाग्छ घाम घमाईलो र्
    दर्शनार्थी, धामी, झयाक्री, बस्तु,गोठाले, हुन्छ सारै रमाइलो ।

    केन्द बिन्दु हो यो साल्पा सोलुखुम्बु भोजपुरको ।
    संखुवासभा खोटाङ गरी जम्मा चार जिल्लाको ।
    लौ है नानी ! बैशाखे मेला सुकिलो बेला साल्पा साल्पा धाम पोखरी
    जसरी भएनी सबैलाई भनि आउनु है कसैगरी ।।

    (नोट:- एचकेनेपाल डट कममा विमल गिरीको “साल्पा” कबिता हेरेपछि मलाई पनि केहि लेखु लेखुं लागेर यो कविता लेखेको छु)
    हिम कला राई
    रतन्छा ७ खोटाङ्ग
    हाल - हङकङ
    २/८/०८

  • 4. Him Kala rai  |  August 17th, 2008 at 9:05 am

    Namaskar Hajur ! ma Him Kala Rai HONG kONG bata. Hajurko Salpa kabita herera malai pani lekhoun lagyo ra lekheki 6u .Kripaya annyartha sochnu hunna bhanne socheki 6u. Hajurco kabitale aankha kholiyekoma hajur prati hardik aavhar …….Ramro , shandes mulak kabitako aasa gardei bida DHANNEWAD . Him Kala Rai Hong Kong.

  • 5. पिताम्बर राई  |  August 19th, 2008 at 8:16 pm

    बिमल जि को कबिता हेरे पछि जो कोहिलाई पनि कबिता लेखु लेखु त अबश्य लाग्ने नै रहेछ किन भने उहाँको कबिता सारै मन छुने र ह्रिदय स्पर्शि छ ।

  • 6. sunita  |  August 22nd, 2008 at 3:40 pm

    hi Him Kala sis ,,, mitho samjhana… tapai ko kabita haru jata tatai paddna pauda khusi lageko chha yesari nai tapaiko kalam narokiyos vanne aasa rakheki chhu ,,, thank u .. dd sunita younlong nibasi…

  • 7. bimal giri  |  September 5th, 2008 at 1:51 am

    हिम्कला जी
    नमस्कार,तपाइ ले साल्पा कबिता पढेर
    पुन कबिता लेख्नु भएकोमा धन्यवाद।
    आज मात्र तपाईं को सुन्दर शब्दहरु
    पढे,खुसी लाग्यो। मेरो पुरानो घर
    भोजपुर दोभाने -२ मा थियो,ऐले
    झापा मा। आमा को न्यानो काख
    छाडेको पनि ७-८ बर्ष नै बिती सक्यो।
    तपाईं राम्रो सुन्दर लेख्नु हुन्छ,लेख्तै
    गर्नु होला लगातार बाचन गर्न पाइरहु
    तपाईं को उत्तरोत्तर प्रगती को लागि
    शुभ कामना। बिमल गिरी,ब्रुस्सेल्स

  • 8. bibhor harkali  |  September 16th, 2008 at 6:57 am

    BImal ji tapaile sarai ramro kabita lekhnu bhayechha ma pani hotyastai prakritisaga ramne manchhe ho. ajha bhannu parda ti khola nala dada kada atinai man parchha. ma pani ahile abudhabima chhu tara tapaile “shalpa” bakitama silichung ko nam pan ilekhdata ma gaunmai chhu jasto lagyo. lata bimal ji tapaile aru yastai kabita lekdai garnu hola dhanyabad. namaskar.

  • 9. bantawa......  |  September 17th, 2008 at 4:10 pm

    thanks ……..bimal g……
    tapaiko kabita le saara nepalilai biunjaauchha or biunjaaunechha.maile pani suneko thiya salpa pokhari ko barema aati sundar prakritikle sajeesajaauchhare……tapaiko kabit sagai malaipani jagaunu vayakochha ……ani maile kasampani khayako chhu marnu vannda pahile 1..palta salpa pokhari sanga face to face haaskhel gari aatmik n vautik valakusari gari farkane yojana garisakekochhu.
    prakritik nai eswar—-eswar nai prakritik , sundar sansaar rachana gariyako chha .
    antama …….bimal g tapaiko prakritiksanga ramne kabita sadhai ,sadhai padhan paun go……head……..thanks bye.
    singapore m.v camp ……..

  • 10. bantawa......  |  September 17th, 2008 at 4:42 pm

    himkala cheeli namaskar…….
    bimal g ko kabita ko saathai tapaiko kabita padhana pauda sarai khusilageun ……..sonma sugandha bhanejaai …..tapai haruko prayas nirantar rahos samayale saath diwas tapaiharuko kabitale salpa pokharilainai bokera sansaarma nai failiyos r saara manchhe ramnasikun……..bye.
    ilam maipokhari ( singapore m.v.c )

  • 11. Bimal Giri  |  December 24th, 2008 at 2:53 pm

    Sampurna mera kabita heridinuhne srastaharu prati shubhakamana.

  • 12. Nagesh Kulung  |  January 4th, 2009 at 9:23 pm

    Salpalai samban gari Kabita lekahne dai Bimal ra (sabwat didi) Hema lai derai danyabat chha. ma dherai khusi chhu, Mero khushi yasmane ma ki ma Paslakai basinda hu ra net yo kabita pardai garda barambar Salpako jhaljhali yada aairahyo

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

December 2018
M T W T F S S
« Nov    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Most Recent Posts

Most Popular in July, 2008

Most Popular Posts