परदेशीलाई देशको पत्र (कविता) - टोपबहादुर राई
November 8th, 2008
परदेशीलाई देशको पत्र …
- टोपबहादुर राई
सबै उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमीले गाउं छाड्नु अघि
चौतारीमा विच्छयाइएका बम,
विस्थापित शून्य गाउं,
कांडेतारले घेरिएका शहर
र
डुबान पीडित तराई
सबै उस्तै उस्तै छन्।
संविधान सभाका फुस्रा गफ
गाउंमा बाडिएका खोक्रा आश्वसन
श्रीपेचरहित राजा
र
अन्यौलबीच प्रजा
बांकी सबै उस्तै उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमीले देश छाड्नु अघि ।
फाट्दै गएको धार्मिक सहिष्णुता
विखण्डनका काला योजना
सत्ता लिप्साका नयां खेल
र
पुरानै कोट भिरेका नयांहरु,
बांकी सबै उस्तै उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमीले नेपाली होइन भन्नु अघि ।
च्याउ झै पलाएका सयौ आतंक विरुवाहरु
सडकमा जलेका टायरका मुस्लो
प्रतिशोधले दोबाटोमा तेर्साइएका गन्धे लासहरु
र
नंग्याइएकी नेपाल आमा म
बांकी सबै उस्तै उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमीले नेपाल चिन्दिन भन्नु अघि ।
हालः हङकङ
Recent Videos:
Popularity: 24%
Entry Filed under: कविता

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Jhilke | November 25th, 2008 at 4:46 pm
mero bhannu kehi chhaina
2. शिखर गुरुङ पोखरा नेपाल | November 29th, 2008 at 9:42 pm
sarai ramro lagyo k garnu hamro deash nepal ko halat yastai chha jasto paile thiyo aile pai ra aagha kaile sama yastai hune ho kehi taha chaina la ta aaile lai bida hunchhu kabita ramro lagyo tasko lagi thanks ra feri feri pani yastai nepal aama lai chune gari kabita haru kordai garnus la bye aakash gurung
iraq baghdaad
aakash_grg222@yahoo.com
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed