सैद्धान्तिक मृत्यु.. (कविता) –अप्जसे कान्छा
January 10th, 2009
सैद्धान्तिक मृत्यु..
– अप्जसे कान्छा
ढुङ्गा
कट्टी
बन्दुक
मोर्टर
रकेट
मिसाइल
अणु बम
रासायनिक बम
जैविक बम
दार्शानिक बम
राजनैतिक बम
थाहा भएका
थाहा नभएका
विनाशक बम
बनाउने
चलाउने
जुनसुकै देश
अर्गनाइजेसन
जो केहि व्यक्ति
व्यक्तिले छानेको नेता
नेताको क्याविनेट
क्याविनेटको आदेश मान्ने
पुलिस
जल सेना
थल सेना
हवाई सेना
गोप्य सेना
तिनीहरुका सेनापति
सेनालाई पाल्ने जनता
जनतालाई बेला बखत दुख दिने
चोर
डाका
सुसाइड बम्बर
आतंककारी
कोहिसंग पनि
म डराउने छैन
किनकी
म भित्र
डर छैन
पीर छैन
अशान्ति छैन
मैले मेरो सैद्धान्तिक मृत्युमा
वर्तमानसंग हस्ताक्ष्रर गरिसके
अब म जीउदो सहिद भएको छु
तर प्रश्न उठ्न सक्छ
सैद्धान्तिक मृत्युको घोषणा किन?
आखिर वर्तमानसंग यत्रो डर किन?
जब म चौबीसै घण्टा
मैले ओड्ने आकाशभरि
जासुसी विमानहरु
पिउने पानीको सतहभरि
जलसेना र जलयानहरु
टेक्ने धरतीको माटोभरि
आइ.इ.डि. र माइनहरु देख्छु
म अतालिन्छु
चिच्याउंछु
कराउंछु
मलाई, वर्तमानसंग
मृत्युको डर छ
बिना पीर
बिना डर
शान्तिपूर्वक बाँच्न
नयाँ सिद्धान्त
नयाँ उपाय
नयाँ बाटो
खोज्न थाल्छु म
तर कहि पनि
बिना खतरा
बिना सन्त्रास
आफूलाई सुरक्षित पाईंन
भोजपुर हाल यु.के.
Popularity: 40%
Share this Post[?]Entry Filed under: कविता







2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. rajan kafle | May 19th, 2009 at 7:42 am
tapai ko kabita Lahure parako vayoo ni ali ajjako Uttaradhunik kal lai pani bujera lekhema ramrai hunethiyoo ki.
thanks
2. Surendra | August 5th, 2009 at 7:42 am
जहा मल हुन्छ त्याहा बाली मौलाउछ, अरु सवै बिर्सनु भाइ आफ्ना यात्रा जारी राख्नु, जो धेरै बोल्छ उस्ले चाहिने भन्दा नचाहिने धेरै बोलिरहेको हुन्छ। त्यसैले राम्रो र नराम्रो को निर्णयको सरोकार छैन।
सुरेन्द्र
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed