‘तेलखानी बिनाको नेपाल र ठमेलहरु’ (कविता) - बृत आधार
January 15th, 2009
तेलखानी बिनाको नेपाल र ठमेलहरु…
- बृत आधार
तेलखानी बिनाको नेपाल
आज इराक हुनु परेन
बारुदको तुवाँलोभित्र रुमलिनु परेन
हिटलरी दमनभन्दा दर्दमूलक
भयंकर अमेरिकी सेनाको
पदचापद्वारा कुल्चिइनु परेन
तर
साम्राज्यबादीका कमाराहरु
ठमेलमा
मिनी टोकियो बनाउदैछन्
मिनी मेक्सिकोको बिस्तार गर्दैछन्
मिनी भियतनाम पस्कदैछन्
अफ्गानिस्तानहरु रोप्दैछन्
कस्मिरका बिरालाहरुलाई दुध चटाउँदैछन्
बिहार स्पर्श गराउँदैछन्
तस्लिमाहरुमाथि पटक पटक बलात्कारका प्रयासहरु गर्दैछन्
आङ साङ सूकीहरुलाई अझ जन्जिर कस्दैछन्
अनुराधाहरुलाई ब्यस्त बनाइरहेछन्
अनि
मोफसलमा
रुवाण्डा
नाईजेरिया
सेरालियोन
सोमालिया
बोस्नियाहरु
हाइटीहरुको
बृतचित्र स्मरण गराउँदै
क्युबियन बास्पिकरणको भ्रमित समिकरण
मस्तिस्कमा पालेर
मिजुरम
गोरखालेण्ड
तामील
खम्पा
मृगतृष्णाहरु बिउँताईरहेछन्
धन्न
तेलखानी बिनाको नेपाल
जर्ज बुसहरु खेप्नु परेन
सद्दामहरु जन्मिनु परेन
तर के भो र ?
ठमेलहरु
इराकै नभएपनि
धार्मिक त्रिशुलहरुद्वारा डामिनु परेकै छ
जरजर्तालाई सहन गर्न परेकै छ
तानाशाहहरुलाई जन्म दिन निरन्तरता प्रदान गरेकै छ
शोषितहरुमाथि पीडाहरुको धाराबाहिक प्रबाह गर्न सफल भएकै छ
साँच्चै नै
तेलखानी भएको नेपाल जस्तै नै देखिन थालेको छ
बर्लिनका पर्खालहरु पुन: उठाउन खोजे झै देखिन थालेको छ
संग्संगै मोफसलहरु पनि
धमाधम
ठमेलहरुतिर रवाना भैरहेकै छ।
~~~~~
फार्नबोरो
Popularity: 51%
Share this Post[?]Entry Filed under: कविता







6 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. HIRA CHHANTYAL | May 7th, 2009 at 9:46 pm
hello tapai ko yo lekh derai ramro cha
2. rajan kafle | May 19th, 2009 at 7:31 am
ha ha Brita Adhar Nam kalpanik vayejastai kabita pani nun binako tiuna jastai chha. what is a man subject of this poem? upph!!!
ajaka kabita ke kabita. na mithas chha na sabda snjal nai!
Gadhhe vasako barkhilap nagarau bina aadhaar.
rajan
Farnborough
3. Amir Thapa | May 20th, 2009 at 5:54 am
ma pani rajan ji ko kura sanga sahamat rakhchhu. brit aadhaar k naam ho thaha pauna sakiena. kabita ta jhanai jhur chha. ajhai bani parisakeko chhaina jasto chha. k lekheko artha na byarthako
amir
4. kavita ale | June 24th, 2009 at 9:13 pm
kavita nabujhnele ke kavita padhi rakhnu…
5. bairaakii | July 13th, 2009 at 8:47 am
अली भुल्नु भयछ हाम्रो देशमा पनि त सत्त्य उग को दानब जस्ता मावोबादी जन्मेकै त छ मतुवालीलाइ फसाएर नाख चुच्छे बाहुन ले करौदौ रुपैयाँ पोको पारेर जिउपछी यसि भएको गाडी चढेर मोज लिन्दै छ काठमाडौं भेली मा मतवाली भने जंगल को केन्तोन्मेन्त मा थुनियर यो गर्मिमा मछ्द्को तोकाइे। हाम्रो देस मा अब हुनुपरने केपो बाकिछर कती दिदी बहिनी को सिर्को सिउदो पुछिय कती ना बालाक बालिका हरुका आँखाको आसु सुके यो त को लाई के थाहा, खुकुरी को चोट कतिको हुन्छ भनेर अचानोलाई पो थाहा हुन्छ भने जस्ताइ हाम्रो देशमा जो जस्लाई परेको छ तेस्लाई पो थाहा छ। राती सुतेको बेलामा मतुवाली लाई मतुवालिले खुकुरी गर्धन मा राखेर लुटेको??? आखिरी को ले के पायोत? कुर्ची मा को बसो त काठमाडौं मा महल को ले किनोत यसि जदान भयको गाडीमा को त ??? यो कबिता एकदम मलाई मन परो अझै इे शब्द दर्शयको भय अझै सुन मा सुघन्ध हुने थियो। कशै लाई पिर पर्न जान्छ होला के गर्ने माफ गर्नु।
बैराकी काइला (कतार)
6. बृत्त आधार | August 20th, 2009 at 7:47 pm
Hari ji,
rajan ji,
amir ji,
kavita ji,
bairagi ji,
dherai dherai dhanyabaad, comments ko laagi, jasko sahayataale nai bicharharu majhindai jane chha bhanne biswas lina sakinchha. tara haalko pariprekchha ma jiwan alik kathin sangharshama byatit bhairaheko hunaale bartamaan awasthhako baarema tyati adhyan garna napairaheko hunaale kunaipani kavita ko thaalani nai nabhaeko hunale kun sirsakma abako naya kavita thalda hunchha tyas samabandhamaa yahaharuko tarfa baata sujhaav paune aashaamaa chhu.
बृत्त आधार
brit-aadhaar@hotmail.com
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed