हरामी (कविता) - विक्रम सुब्बा

August 8th, 2010

विक्रम सुब्बा-
कविताः हरामी
वकिल:
तर्क शक्तिले क्लाइण्टको पक्षमा आफ्नो
सफल भएकोछु सैयौँ फैसला गराउँन
राम्रो फिस दिन्छ जसले
वकिल-धर्म नै हो गर्नु उसैको काम
खाएर कसम यही धर्मको
जिताएको छु आमा मार्नेलाई पनि
र सरकारी गोप्य सूचना बेच्नेलाई पनि
हुन्छन् थर्कमान सबै गाउँमा मसँग
भेट्नासाथ ‘वकिल साप’ भनि सम्मान गर्छन्
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर ।’

पुजारी:
म पुजारी !
भगवान र मानिस दुबैको
बिचमा कल्याण गर्न उभिएको
नभए म यी दुबैको हुनेछ बिजोग
म छु र त मेरै हातमा
दिन्छन् भक्तजनले चढाउँने प्रसाद
भक्तजनले पाउँने आशिर्वाद पनि
देवताहरु पठाउँछन् आशिर्वाद मेरै हस्ते
म छु र त भक्त-देवता दुबैको
(मैले जो दुबैतिर प्रसाद सप्लाइ गरिदिएकोछु)
जीवनमा खुसहाली छाएकोछ
तथापी ‘सप्लाई’ मेरै तजबिजमा हुन्छ
कि कसलाई के कति दिने
र राख्ने प्रसाद कति आफैले?
यसरी म
भगवान र मानिस
दुबैको लागि कल्याणकारी पवित्र पुजारी हुँ
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर ।’

व्यापारी:
सानैदेखि पसेँ व्यापारमा
आपूर्ति गरेर चाहिने सामाग्रीहरू
‘सेवा’ समाजको गरेरै कमाएँ नाफा
बढाएँ जायजेथा, जोडेँ गाडी र बंगला
बढेको छ सबतिर बलियो पहुँच मेरो
कुलकुटुम्बका सामु छ मेरो ठूलो ईज्जत
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर ।’

हाकिम:
पहिरेको छु सिन्दुर सरकारको
गर्छु तमाम कामकुरा मिलाएर नियमहरू
ठानेर सेवक आफुलाई
गरेर अर्पित जनताको खुरुखुरु ‘सेवा’मा
पदोन्नति भएको छ भाग्यले सालैपिच्छे
हरेक साल थपेकोछु सम्पति पनि
बनाएपछि मैले घर यहाँ
नामै रहेकोछ ‘सिडिओ टोल’ यो बस्तीको
‘हाकिम’का रुपमा सुनाम चलेकोछ
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर ।’

पावर-ब्रोकर जो आफुलाई ‘नेता’ ठान्छ:
जितेकोछु चुनाव जसरी पनि बहुमतले
अखाडामै पुगेर बिरोधीको
गरेको छु अनगिन्ती सामाज सेवा
मुलुकका नदी बेच्ने दर-भाउको
निर्णय पार्टीमा गराएँ मैले नै
मिच्दा सिमाना देशको कसैले
कुटनैतिक सम्बन्ध मित्र राष्ट्रसँगको
नबिग्रने किसिमको
रणनीति तयार गरेँ मैले नै पार्टीमा
म अघि लागेपछि विकासका काममा
मौरीझेँ उर्लिन्छन् जनता
यी गाउँघरहरू म नभए
हुन्छन् माऊबिनाको चल्लाजस्ता
जता गए पनि भेट्नेले
गर्दछन् स्रद्धा ‘नेताजी’ भनेर
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर।’

Recent Videos:

Popularity: 36%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. देश/ विदे&hellip  |  August 8th, 2010 at 10:10 pm

    […] विक्रम सुब्बा- हरामी वकिल: तर्क शक्तिले क्लाइण्टको पक्षमा आफ्नो सफल भएकोछु सैयौँ फैसला गराउँन राम्रो फिस दिन्छ जसले वकिल-धर्म नै हो गर्नु उसैको काम खाएर कसम यही धर्मको जिताएको छु आमा मार्नेलाई पनि र सरकारी गोप्य सूचना बेच्नेलाई पनि हुन्छन् थर्कमान सबै गाउँमा मसँग भेट्नासाथ ‘वकिल साप’ भनि सम्मान गर्छन् त्यसो त मलाई मात्र थाहा छ ‘भित्र म कति हरामी छु भनेर।’ (more…) […]

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

December 2018
M T W T F S S
« Nov    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Most Recent Posts

Most Popular in August, 2010

Most Popular Posts