टुक्रा टुक्रा मन (गजल) -भीम के सी कमल
November 10th, 2010
-भीम के सी कमल
गाउँमा जीबन असहज भो, बाध्यताले खाडी आएँ
प्राण प्यारा आफन्तलाई, सम्झि रुन छाडी आएँ।
उता काफल पाक्यो होला, चरी यता नाच्नु पर्ने
चुलबुले सब सपनाहरु, देउरालीमा गाडी आएँ।
यता सुन फल्छ भन्ने, मृगतृष्णा पछि लाग्दै
प्रणयको पोथरालाई, पैतालाले माडी आएँ।
उतै शितल उपबन, उखरमाउलो मात्र यता
खुला आकाश चहार्ने म, निसासिदो झाडी आएँ।
सिंगो मान्छे रहुँ भन्ने, हृदयको चाहना हो
नसकेर ‘भीम’को मन, तोला मासा बाँडी आएँ।
?????
( बिदेशिन बाध्य नेपालीहरुमा समर्पित)
Recent Videos:
Popularity: 26%
Entry Filed under: गीत/गजल

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed