हामी यस लिङ्क HamroTv.com मा सरेका छौं।

SAFF Championship 2011
नेपाल अफ्गानिस्तानद्वारा पराजित
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २३ मंसिर । नयाँ दिल्लीस्थित जवाहरल नेहरू रंगशालामा शुक्रवार भएको सेमीफाइनलमा नेपाल अफ्गानिस्तानसंग पराजित भएको छ। निर्धारित समयभित्र दुबैतर्फबाट गोल हुन नसक्दा अतिरिक्त समयमा अफ्गानिस्तानले नेपालविरूद्ध १ गोल गरेको हो। नेपालले तेस्रो स्थानका लागि माल्दिभ्ससंग भिड्नेछ।

नेपाल र अफ्गानिस्तानबीच भएको खेलको प्रमुख झलकहरूः



माल्दिभ्सलाई हराउदै भारत फाइनलमा
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २३ मंसिर । नयाँ दिल्लीस्थित जवाहरल नेहरू रंगशालामा शुक्रवार भएको सेमीफाइनलमा माल्दिभ्सलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
भारतका तर्फबाट सुनील क्षेत्रीले दुई गोल र सइद रहिमले एक गोल गरेका थिए भने माल्दिभ्सका तर्फबाट शामभिल कासिमले १ गोल गरेका थिए।

अर्को सेमीफाइनल खेल सवा ६ बजे नेपाल र अफगानिस्तानबीच हुदै छ।

News updated: नेपाल १-१ पाकिस्तान
नेपाल साफ च्याम्पियनसिपको सेमिफाइलनमा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १८ मंसिर । नेपाल १२ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइलनमा प्रवेश गरेको छ।

यसअघि, नेपाल सन् १९९९ मा सेमिफाइनल प्रवेश गरेको थियो। नेपाल र पाकिस्तानबीच मंगलवार भएको खेल १-१ को बराबरीमा टुङ्गिदै नेपालले सेमिफाइलनको यात्रा तय गरेको हो।

यसअघि, नेपालले बंगलादेशलाई १-० ले पराजित गरेको थियो भने माल्दिभ्ससँग भएको खेल गोलरहित बराबरीमा टुङ्गएको थियो। ‘बी’ समूहमा रहेको नेपालको अंक ५ रहेको छ।

News updated: साफ च्याम्पियनसिपः नेपाल १ – ० बंगलादेश
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १८ मंसिर । नयाँ दिल्लीस्थित जवाहरल नेहरू रंगशालामा आइतवार भएको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध १-० को गोलले जितेको छ।

खेल सकिन केही मिनेटअघि सागर थापाको फ्रि किक गोलले नेपाललाई अग्रता दिएको हो। उनले डि बक्सभन्दा टाढाबाट पाएको फ्रि किकको अवसरलाई राम्ररी सदुपयोग गरेपछि बंगलादेशविरूद्ध नेपालले जित हासिल गरेको हो।

नेपालले अर्को खेल मंगलवार साँझ पाकिस्तानसंग खेल्दै छ।

News updated: साफ च्याम्पियनसिपः नेपाल र माल्दिभ्स बराबर
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १६ मंसिर । नयाँ दिल्लीस्थित जवाहरल नेहरू रंगशालामा शुक्रवार नेपाल र माल्दिप्सबीच भएको साफ च्याम्पियनसिप (फुटबल प्रतियोगिता) बराबरीमा टुङ्गिएको छ। पहिलो हाफको इन्जुरी समयमा मालदिप्सले नेपालविरूद्ध १ गोल गरेका थिए भने खेलको ५१ औं मिनटमा नेपालको तर्फबाट सन्दिप राईले एक गोल गरे।





Comments

comments